उपनिर्वाचन : उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन आयोगको आग्रह

काठकमाडौं। मंसिर १४ गते शनिबार बिहान ७ बजेदेखि साझ ५ बजेसम्म प्रतिनिधी सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको उपनिर्वाचको आवश्यक तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

११ गते राती १२ बजेबाट मौन अविधी सुरु भइसकेको छ । यस अवधीमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार प्रसारका कार्य गर्न गराउन नपाइने आयोगले जानकारी गराएको छ।

आफ्ना वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता विद्युतिय माध्यमद्धारा प्रयोग गरिने समाजिक सन्चाजालसार्मत मत माग्न र निर्वाचन प्रचार-प्रसार निषेध गरिएको छ ।

आचारसहिता विपरीत कार्य गरेमा निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ बमोजिम उम्मेदवारी रद्ध गर्नेदेखि नगद जरिवाना हुनेसम्म व्यवस्था रहेको छ ।

सबै राजनीतिक दल र उम्मेदवार लयागत सम्बद्ध सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिताको पूर्णपालाना गरी मतदाताको मताधिकारको सुनिश्चत गर्नलाई सरल र सजह वातावरण निर्माण लागि आयोगले आग्रह गरेको हो।

उपनिर्वाचनलाई ५ हजार ५ सय ५२ जना कर्मचारी मतदानस्थलमा पुगिसकेका छन्। मतदान गर्ने भन्दा पहिले सर्वदलीय एंव सर्वपक्ष बैठक गरी उपनिर्वाचलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरणमा सम्मन्न गर्न गराउन मतदाता परिचपत्र विरतण र मतदान केन्द्रको निमार्ण कार्य समते सम्मन्न भएको छ ।

मतदानका लागि आफ्नो फोटोसहितको मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा जानका लागि आयोगले मतदातालाई आग्रह गरेको छ ।

३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मी आवश्यक मतदानका सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेको सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

उपनिर्वाचनमा ३७ जिल्लाका महिला दुई लाख ३३ हजार ४०२, पुरुष दुई लाख २० हजार ७१० र अन्य दुई गरी जम्मा चार लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्नेछन् । उपनिर्वाचन पर्यवेक्षणका लागि नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधीका साथै परराष्ट्र मन्त्रालयमार्तफ अमेरिका, जापान र अष्ट्रेलिया दूतावास तथा युरोपियन युनियनलाई अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?