८ किलो सुनसहित दुई चिनियाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं । हंगकंगबाट नेपाल ल्याईदै गरेको ८ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका उनीहरुदेखि उक्त सुन बरामद भएको हो ।

आरए ४१० जहाजबाट आएका चेन होङयाङ र चेन क्वीनहाङ नामका उनीहरू सुनसहित समातिएको बताइएको छ ।

समातिएका दुबै चिनियाँ चीनको फुजियान प्रान्तका नागरिक हुन्। पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । सुनको मालिक को हुँन भन्ने खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?