प्रधानमन्त्री ओलीलाई प्लेटलेट्स चढाइयो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्लेटलेट्स चढाइएको छ । एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई बिहीबार प्लेटलेट्स चढाइएको हो ।

प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ ।

प्लेटलेट्स चढाइएकोबारे अस्पतालले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनु परेको हो । प्रधानमन्त्रीलाई डायलासिसको आवश्यकता पहिलेभन्दा झन् बढेको पनि चिकित्सकहरुले बताएका छन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?