काठमाडौंबाट सचिव समातिए

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सचिव (खरिदार) दिनेश बास्कोटा २५ हजार घुस सहित अख्तियारद्वारा समातिएका छन् ।
घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुसमागेको उजुरीको आधारमा अख्तियारको टोलीले बास्कोटालाई घुस रकमसहित गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट पक्राउ गरेको हो । उनीबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?