एनआरएनए पोल्यान्डको आयोजनामा भारतीय दूतावास अगाडि प्रदर्शन

गैर आवासीय नेपाली संघ पोल्यान्डको आयोजनामा पोल्यान्ड भएका बिभिन्न संघ संस्थाका व्यक्तित्वहरुको साथमा हालै इन्डियाले जारी गरेको नक्साको बिरोध गर्दै एक बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

‘गो ब्याक इन्डिया , लिपुलेक हाम्रो हो , कालापानी हाम्रो हो लिम्पियाधारा हाम्रो हो । हामीलाई हाम्रो स्वाभिमान्ता प्राण भन्दा प्यारो छ । हामी यो नक्सा स्वीकार्दैनौ । इन्डियाको दादागिरी हामीलाई सह्य छैन’ भन्दै त्यहाँ उपस्थित भेलामा सबैले आवाज बुलन्द गरेका थिए । उक्त कार्यक्रममा जन सम्पर्क समिती सभापति डा अलिनी पोखरेल सुबेदी , पानी अभियन्ता मित्र लाल पार्दे निवर्तमान एन आर एन अध्यक्ष्य गोपाल राइ एन आर एन लेखा समिती सदस्य होमनाथ सापकोटाले आ आफ्नो धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?