उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौं । बाराको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो ।

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ । बम विस्फोट कसले गराएको भन्ने बारे थाहा हुन सकेको छैन ।

घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?