अमेरिकी ग्रीन कार्डको प्रतिक्षामा छन् ४० लाख मानिसहरु

काठमाडौँ । अमेरिकामा ग्रीन कार्ड (स्थायी बसोवास) लागि ठूलो संख्या प्रतिक्षामा रहेका छन् । परिवार प्रायोजित ग्रीन कार्डका लागि करिब ४० लाख मानिसहरु प्रतीक्षा सूचीमा रहेका केही समय अगाडी सार्वजनिक गरिएको तथ्यांकमा जनाइएको छ ।

अमेरिकी कांग्रेसले हरेक वर्ष २, २६,००० भन्दा धेरैलाई ग्रीन कार्ड जारी गर्न अनुमति दिएको छ । प्रतीक्षा सूचीमा रहेका सबैभन्दा धेरै अमेरिकि देशको दक्षिणमा स्थति छिमेकि देश मेक्सिकोबाट १५ लाख मानिसहरुका रहेका छन् । दोस्रो नम्बरमा भारत रहेको छ । जसमा २,२७,००० मानिसहरु कार्डको लाइनमा रहेका छन् । यस्तै चीन तेस्रो स्थानमा रहेको छ । चीनका १,८०,०० मानिसहरु पारिवारिक प्रायोजित ग्रीन कार्ड लिने प्रतीक्षा सूची रहेका छन्।

यस कार्डको प्रतीक्षा सूचीमा रहेका व्यक्तिहरु अमेरिकन नागरिकका भाइ- बहिनी छन्। अहिलेको कानून अनुसार अमेरिकन नागरिक ग्रीन कार्ड लागि आफ्ना परिवारका सदस्यका साथै रगतको नाता भएका सम्बन्धी व्यक्तिहरुलाई प्रायोजित गर्न सक्ने छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प यस प्रावधानको विरुद्धमा सिलसिलावद्ध तरीकाले यसको अन्तय गर्ने तयरीमा रहेका छन्।

यस्तै विपक्षी डेमोक्रटिक पार्टी परिवार प्रायोजित आप्रवासी व्यवस्थाको अन्तय गर्नलागेको भन्दै यसको विरोध गरिरहेको छ । परिवार प्रायोजित ग्रीन कार्डका ४० लाख आवेदनका साथै अन्य ८,२७,००० मानिसहरु स्थायी बसोवासको स्वीकृतीको प्रतीक्षा सूचीमा रहेका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?