सटर फुटाएर प्याज चोरी, पैसा चलाएनन्, प्याजको बोरा नै गायब !

काठमाडौं । नेपाल बजारमा प्याजको मूल्य अत्यधिक बढेको छ । अहिले नेपाली बजार प्याज प्रतिकिलो २३० रुपैयाँ पुगेको छ यो अघिल्लो वर्षको तुलनामा ५ सय प्रतिशतले महँगो हो ।

प्याजको भाउ नेपालमा मात्र होइन छिमिकी राष्ट्र भारत र बंगलादेशमा पनिबढेको छ । प्याजको भाउ अत्याधिक बढेपछि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना घट्यो। एक तरकारी पसलबाट चोरले पैसाको साटो प्याज चोरेको घटना सार्वजनिक भएको छ । चोरले सो तरकारी असल फोडेर प्याज चोरेको घटना बाहिरिएको हो । चोरले प्याज चोरेको तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्।

पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए । तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए।

पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले। गल्लामा भएको पूरै पैसा थियो।

पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए। ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए।

भारत सरकारले प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थालेको थियो।

सरकारले प्याज किन्न पनि सीमा तोकेपछि चोरीका घटना हुन थालेका हुन् । भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?