काठमाडौं । सेनानी (मेजर) राजेन्द्र शाही पुनः जिम्मेवारीमा फर्किनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीका सेनानी शाहीमाथि लागेको मुद्दाको अन्तिम किनारा नलाग्दै जंगी अड्डाले जिम्मेवारीमा फर्काएको छ ।
१० कात्तिकमा महानगरीय प्रहरी प्रभाग, बसपार्कको टोलीले शाहीलाई सामाखुशीमा म्यारिज खेलिरहेका बेला पक्राउ गरेको थियो ।
जुवाखालबाट प्रहरीले एक लाख ५९ हजार ३ सय रुपैयाँ बरामद गरेको थियो भने शाहीसहित घरधनी सोमबहादुर मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह तथा सुर्खेतका रिनज राणा पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा चलाइएको थियो । प्रशासनले शाहीलाई २० हजार धरौटीमा छाड्ने आदेश दियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार जुवा सम्बन्धी कसूरको अन्तिम फैसला आउन ३ महिनादेखि एक वर्षसम्म लाग्नसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया