ट्रम्पको बक्सरको तस्वीर सार्वजनिक भएपछि…

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रप्पले बुधबार आफ्नो एक तस्वीर ट्वीटरमा सार्वजनिक गरेका छन् । ट्रम्पले बक्सिङ खेलको तस्वीर ट्वीटर सार्वजिक गरेका हुन् ।
ट्रप्पले यस तस्वीरमा कुनै पनि फोटो क्याप्सन लेखेका छैनन् । ट्रप्पले ट्वीटरमा सार्वजनिक गरेको तस्विरको विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् । ट्वीटरमा कमेन्ट गर्दे केही मानिसहरुले एक काल्पनिक बक्सिङको तस्वीर भएको प्रतिक्रिया दिएका छन् । यो तस्वीर १९८२ मा आएको फिल्म “राँकी ३” प्रचारका क्रममा प्रयोग गरिएको थियो ।

महाभियोग सुनुवाईमा भाग लिनका लागि ट्रप्पलाई आमन्त्रीत

अमेरिकी संसद (प्रतिनिधी सभा) ले चार डिसेम्बरमा हुने महाभियोग प्रक्रियाको सुनुवाईमा भाग लिनका लागि राष्ट्रपति ट्रम्पको आमन्त्रित गरिएको छ । एक हप्तासम्म चल्ने यस प्रक्रियाको पहिलो चरणमा राष्ट्रपति ट्रम्पलाई लगाउने आरोपको तय गरिनेछ । यस सुनुवाईमा राष्ट्रपतिको उपस्थी हुनु बाध्यता नभए पनि उनका वकिलको टिम आरोप माथि बहस गर्ने हुँदा ट्रप्प उपस्थित हुन सक्नेछन्। यस सुनवाइ भेदभावपूर्ण हुने आरोपबाट बच्न समेत सकिने छ ।

राष्ट्रपति अथवा उनका वकिलले आफ्नो पक्षमा तर्क राख्ने मौका मिल्नेछ। अहिलेसम्म प्रक्रिया राष्ट्रपति साथै व्हाइट हाउसले खारेज गरेको छ । प्रत्यक्षदर्शीसँग प्रश्न सोध्नका लागि व्हाइट हाउसलाई अनुमति छैन । यसैले महाभियोग प्रक्रियामा आरोपित पक्षका लागि यसमा उपस्थिती हुनु महत्वपूर्ण रहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?