काठमाडौं । अर्घाखाँची सन्धिखर्कमामा भएको बस दुर्घटनाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले बस दुर्घटनाको खबरले निकै मर्माहित भएको छु। उहाँले दुर्घटनामा परेर निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै, दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग उहाँले अनुरोध गर्नुभएको छ ।
सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउनसमेत देउवाले सरकारलाई अनुरोध गर्नुभएको छ ।
सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस बुधवार सन्धिखर्क नगरपालिकस्थित घुम्ती र नरपानीको बीचमा दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु छ भने १६ जना घाइते भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया