चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन् 

पृथ्वी शाहीले बस चलाउन थालेको १८ वर्ष भयो । दशकयता उनी सुर्खेत–काठमाडौं रात्रिबस चलाइरहेका छन् । पेसागत जीवनमा दुर्घटना सामना नगरेका उनले यात्राका क्रममा धेरै दुर्घटना भने देखेका छन् । उनको अनुभवले भन्छ– चालकले कहिल्यै चाहेर दुर्घटना गराउँदैनन्, तर सबैले दोषी उनैलाई देख्छन् ।

सर्वसाधारण मात्र होइनन्, ट्राफिक प्रहरीको अध्ययनले समेत अधिकांश सडक दुर्घटनाको कारण चालकको लापरबाहीलाई देखाएको छ । गत आर्थिक वर्षमा मुलुकभर १३ हजार ४ सय २१ सवारी दुर्घटनामा २ हजार ७ सय ६२ को मृत्यु भयो । प्रहरीको ट्राफिक निर्देशनालयका अनुसार ९ हजार ९ सय ४० दुर्घटनाको कारण चालकको लापरबाही थियो । शाही यो तथ्य स्वीकार्न तयार छन् । तर उनको प्रश्न छ, ‘चालकलाई दुर्घटनाको डिलमा पुर्‍याउन बाध्य तुल्याउने पक्षलाई किन बेवास्ता गरिन्छ ?’
कान्तिपुर दैनिक लेख्छ-सरकारले लामो रुटका बसमा दुई जना चालक अनिवार्य गरे पनि व्यवहारमा लागू भएको छैन । खर्च बढ्छ भनेर बसधनी एउटै चालकलाई गाडी कुदाउन बाध्य पार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?