प्रम केपी ओलीलाई विभिन्न बिमारले घेर्न थालेको ४२ वर्ष भयो । उनी जेल बस्दा टीबी रोगले ग्रस्त थिए ।
ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनाली रोगलाई जितिन्छ भन्ने ओलीको विश्वास अहिलेजस्तै पहिले पनि रहेको बताउँछन् । मैनालीले सम्झेअनुसार जेलमा रहँदा ओली एक्लै शौचालय पनि जान सक्दैनथे ।
उनलाई नुहाउन र खाना खान पनि साथीहरूकै सहयोग चाहिन्थ्यो । ‘ओलीजीको दृढ इच्छाशक्ति पहिलेदेखिकै हो, कत्ति पनि आत्तिने होइन, मरिँदैन भन्नुहुन्थ्यो,’ मैनालीले भने, ‘दबाइको गोली ल्याऊ खाउँ भन्नुहुन्थ्यो ।’ १४ वर्षसम्म जेलको कहर काटेर निस्किएका ओली विस्तारै निको हुँदै गए । उनी ०६० सम्म ठीकठाक नै थिए । ०६० देखि ओलीको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्यो । बिमारले गाल्दै लगेपछि उनी ०६२/६३ को जनआन्दोलनमा पनि त्यति सक्रिय हुन पाएनन् । ओलीको ०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरियो । कान्तिपुर दैनिकमा याे खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया