सरकारले पञ्चायतकालको झल्को दिने गरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्ने व्यवस्थासहित कानुन ल्याउने तयारी गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा अनुसन्धानका कर्मचारीलाई नियन्त्रणमा राख्ने नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयक तयार पारिएको खबर राजधानी दैनिकमा छापिएको छ ।
प्रधानमन्त्री कार्यालयले राष्ट्रिय अनुसन्धान विभागलाई आफू मातहत ल्याएपछि सरकारले यस सम्बन्धमा व्यवस्था गर्न विधेयक तयार पारेको हो ।
जसमा केही विवादित विषय रहेको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया