काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले कास्की क्षेत्र नम्बरका काँग्रेस उम्मेदवार खेमराज पौडेललाई देवघाट गएर बस्ने उमेरमा चुनाव उठेको बताएपछि खेमराजले पनि कडा जवाफ फर्काएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ‘आदारणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन मंसिर १४ पछि तपाइँको र मेरो भेट संसदमा हुनेछ’ भन्दै जवाफ फर्काएका हुन् । उनले आफू काँग्रेसको सशक्त उम्मेवार भएको भन्दै प्रचण्डको अराजक अभिव्यक्तिको शालिन विरोध गरेका छन् ।
आज पोखरामा आयोजित सभामा प्रचण्डले प्रधानमन्त्रीलाई आराम गर्नु भन्ने पार्टीले देवघाट जानुपर्ने उमेरका व्यक्तिलाई उमेदवार बनाएको टिप्पणी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया