अर्घाखाँचीमा बस दुर्घटना : १० जनाको मृत्यु, ७ घाइते

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ६ नरपानीमा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार बेलुका नरपानी बजार नजिकैको घुम्तीबाट झण्डै तीन सय मिटर तल भिरमा खस्दा भएको दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

घाइते सात जनालाई उपचारकालागि वुटवल पठाइएको छ । अहिले घटनास्थलमा नेपाली सेना, प्रहरी, र स्थानीयले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?