१६ असार २०७९, बिहीवार

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन: राष्ट्रसंघ

२०७४,माघ,२,मंगलवार ०५:३४

0
Shares

बेरुत, २ माघ – सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका छन् तर उनका अनुसार ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै बनेको छैन, किनभने यहाँका आन्तरिक शरणार्थीहरुले पनि सुरक्षित वातावरण पाउन सकेका छैनन् संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका एकजना अधिकारी स्कट क्रेगले भनेका छन्, उक्त आयोगले यो कुराको निक्र्यौल निकालेको छ कि अहिले नै सिरियाली शरणार्थी घर फर्किन पाउने अवस्था एवम् वातावरण बनेको छैन गत वर्ष मात्र पनि केही शरणार्थीहरु सिरिया फर्किएका थिए तर पनि उनीहरु पनि सुरक्षित रहन सकेका छैनन् । त्यही आधारमा नै हामीले अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार नबनेको निष्कर्ष आफूहरुले निकालेको उनीहरुले जनाएका हुन् क्रेगले आफूहरुले अहिले पनि सिरियाका विभिन्न स्थानमा द्धन्द्ध प्रभावित नागरिकलाई सहयोग गरिरहेको तर त्यस क्रममा पनि राष्ट्रसंघले धेरै लडाईं लड्नु परिरहेको बताए स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।

प्रकाशित मिति: २०७४,माघ,२,मंगलवार ०५:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल

काठमाडौं । फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । गत महिना

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘

काठमाडौं । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार एकाएक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । भारतीय सर्वोच्च अदालतले बिहीबार

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४