काठमाडौं । टुटल पठाओलाई तत्काल नरोक्न भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिनुभएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसगँको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितमा चल्न दिन निर्देशन दिनुभएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीले भन्नुभयो युवाहरुले काम पाइरहेको र यात्रुहरुले सेवा पाइरहेकाले यस्ता सेवालाई हात नहाल्न निर्देशन दिनुभएको छ ।
यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारवाही गरिने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया