काठमाडौं । हावाहुरीले पोखरा–जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको छ । भेरियबल उच्च हावाको गतिका कारण पोखरा–जोमसोम हवाई सेवा बुधबार प्रभावित भएको हो ।
बिहान ६ः३० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयर र सुमिट एयरको जहाज रनवेमा अवतरण नगरी पोखरा फर्किएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिनुभएको छ ।
हिउँदयाम सुरु भएलगत्तै पोखरा–जोमसोम उडान कम हुँदै छन्। सिजनको समय दैनिक १८ वटा उडानसम्म भर्ने गरेको २ वटा एयरलाइन्सका जहाजको मुस्ताङमा जाडो सुरु भएपछि उडान तालिका घटेको हो ।
बुधबार तारा र सुमित एयरलाइन्सका २–२ गरी ४ वटा उडान रहेपनि उत्तरी हावाका कारण जहाज अवतरण हुन नसकेको बिकले बताउनुभएको छ । पोखराबाट उडेको जहाज जोमसोममा अवतरण गर्न लागिएको थियो । हावाको गति भेरियबल थियो उनले भने –जहाजले धावनमार्ग छोएपनि जहाज अवतरण गर्न सकेन । २ वटै जहाज जोमसोम आइपुगे पनि पोखरै फर्किए ।
मुस्ताङमा ४७ नर्थको हावा चलेको विकले बताउनुभयो । यात्रुले भरिएको जहाजमा पाइलटले रिक्स लिन मुस्किल परेका कारण जहाज फर्किएको उहाँको भनाई छ ।
सामान्यतया जहाज अवतरणका लागि २० नर्थ देखि कम हुनुपर्नेमा अत्याधिक हावा प्रवाह भएको उहाँको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया