काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले यो उपनिर्वाचन कांग्रेसले जित्ने बताउनुभएको छ । सरकारको गलत रवैया र अधिनायबादी सोचलाइ परास्त गर्न सरकारलाई सहि बाटोमा हिँडाउन पनि यो निर्वाचनमा जनताले कांग्रेसका पक्षमा मतदान गर्ने उहाँले बताउनुभयो ।
बुधबार नेपाल तरुण दल बाग्लुङको आयोजनामा बुर्तिबाङमा भएको तरुण भेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा विशेष सम्बोधन गर्नुहुँदै नेता पौडेलले यो उपनिर्वाचन कांग्रेसले जित्ने बताउनुभएको हो ।
बाग्लुङको जनताको भावनालाई सही ढंगले मुखरीत गर्न, निष्पक्ष स्वार्थ र धाधली रहित निर्वाचन सम्पन्न गराउन पनि मूख्यपूर्ण भूमिका रहन्छ । यदि कसैले राज्य शक्ति र अभद्र प्रकारका प्रभावहरु मतदातालाई आफ्नो अधिकार उपयोग गर्ने अवसरबाट वन्चित गरे त्यसमा डटेर सामना गर्न तरुण दल पछि हट्न नहुने बताउनुभयो ।
पौडेलले यो निर्वाचनले सरकारलाई सच्चिन र जनताका पक्षमा काम गर्न सवक सिकाउने हुँदा कांग्रेसका पक्षमा जनमत रहेको पनि प्रष्ट पार्नुभयो । भेलामा तरुण दल केन्द्रिय अध्यक्ष जितजग बस्नेतले लगायतका नेताहरूले समेत सम्बोधन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया