राजधानीका १८ बैंकबाट लाखौं रकम चोरी : ६ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न १८ बैंकबाट लाखौं रकम चोरी भएको तथ्य पत्ता लागेको छ । त्यसरी बैंकबाट चोरी भएको १९ लाख ९९ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । साथै चोरिमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाइ पक्राउ समेत गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि गरी अनुसन्धान गरेको थियो ।

चोरीको आरोपमा पक्राउ परेका सबै नेपाली नागरिक रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुले बिभिन्न तरिकाबाट अन्य बैंकहरुबाट कति रहम लुटेका छन भन्ने तथ्या अझै पत्ता भने लागेको छैन।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नहुने पनि उनीहरुको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?