काठमाडौं । मंगलवार एपेन्डिसाइटिसको अप्रेशनपछि स्थिर रहेको प्रधानमन्त्री स्वास्थ्यमा गुणात्मक सुधार भइरहेको जनाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार भइरहेको जानकारी दिनुभएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा ओलीको एपेन्डिसाइटिसुको शल्यक्रिया गरिएको थियो।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्न थाल्नुभएको छ । उहाँलाई चिकित्सकहरुले निरन्तर निगरानीमा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया