ओलीको स्वास्थ्य बुझ्न ज्ञानेन्द्रले पठाए सहयोगी, कस्तो छ पछिल्लो अवस्था ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

शाहले आफ्ना प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई राजधानीस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको स्वास्थ्य अवस्था बुझ्न पठाइ उनीमार्फत स्वास्थ्यलाभकाे कामना गरेका  हुन् ।

सो क्रममा महर्जनले ओलीलाई शाहको स्वस्थलाभको कामना सुनाएका उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् ।

पछिल्लो जानकारी अनुसार ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उनको स्वास्थ्य अवस्था स्थिर रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आज बिहानदेखि सो सेन्टरमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीको दिउँसो एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?