प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल भर्ना हुनुभएको छ । एपेन्डिसाइटिस भएपछि उहाँलाई मंगलबार बिहान टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको हो ।
उहाँको एपेन्डिसाइटिसको अपरेशन सफलतापुर्वक सकिएको छ ।

मंगलबार बिहान ९ बजे अस्पताल पुग्नुभएको ओलीको १२:४५ एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।

उहाँलाई केहि दिन डाक्टरको निगरानी राखिने अस्पतालले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?