मुस्लिम समुदायलाई हिरासतमा लिएर नयाँ भाषाको ट्रेनिङ दिँदै चीन

काठमाडौँ । चीन सरकारले १० लाख भन्दा धेरै उइगुरो, कजाक अन्य अल्पसंख्यक मुस्लिम समुदायका मानिसहरुलाई हिरासतमा राख्नुको साथै स्वेच्छिक कार्य प्रशिक्षण गरिएको छ ।

एक गोप्य दस्तावेजका अनुसार चीनद्धारा देशको सुदूर पश्चिम शिनजियाग क्षेत्रमा सन्चालनमा रहेको एक गोपनीय केन्द्रमा मानिसहरुको विचारधारा परिवर्तनका साथै व्यावहारिक शिक्षाका लागि दमन गरिरहेको छ ।

अन्तराष्ट्रिय पत्रकारहरुको एक समुहलाई प्राप्त दस्तावेजमा अल्पसंख्य, ठुलो संख्यामा मुस्लिमहरुलाई कैद गरिएको छ । उनीहरुलाई विचारका साथै भाषा परिवर्तनका लागि चीनको सुनियोजित रणनीती बनाएर तालिम दिएको दस्तावेजमा भनिएको छ, “मानिसहरु त्यस स्थानबाट बाहिर भाग्न नसक्नु भनेर त्यस ठाँउमा निगरानी टावर निमार्ण गरिएको छ । ”

दुई तला घर बराबरको भएको ढोका दुईवटा रहेका छन् । एक ढोकाको बाहिर सिसिटिभीबाट निगरानी गर्ने गरिएको छ । चीनले केही दशकदेखि शिनजियागलाई नियन्त्रित गर्नका लागि संघर्ष गरिरहेको छ । उइगर समुदायले चीनको शासनको विरोध गर्दै आएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?