स्मार्टफोन छोडेर कुखुराको चल्ला र रुखबिरुवा संरक्षणमा व्यस्त बालबालिका

काठमाडौँ । इण्डोनेशियाको पश्चिमी जावा बाडुग शहरको स्थाानिय प्रशासनले बालबालिका स्मार्टफोनका साथै टीभीबाट टाढा राख्नका लागि एक पायलट क्रार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत बालबालिकलाई कुखुराको चल्ला, तरकारी र रुखविरुवाका साथै विउहरु दिएको छ । यसबाट बालबालिका स्मार्टफोन छोडेर यसको सुरक्षाका साथै उत्पादनमा ध्यान व्यस्त राख्नलाई यस्तो कार्यक्रम ल्याइएको अधिकारीहरुले बताएका छन्।

स्थानिय प्रशासनका अनुसार, शहरका १० प्राथमिक स्कुलका साथै जुनियर हाई स्कुलमा २००० कुखुराको चल्लाका साथै १५०० खुर्सानीका विरुवाहरु उपलब्ध गराइएको छ र बाडुग शहरका मेयर ‌ओडेम एमले भने, इण्डोनेशियामा इटरनेटको प्रयोग गर्ने मानिसहरु हरेक दिन आठ घण्टा सम्म फोनमा बिताउने गर्दछन्। यसको दैनिक औसत करिब दुइ घण्टा रहेको छ ।

अहिले बलाबालिका इन्टरनेटका साथै स्मार्टफोनको लतको शिकार भइरहेका छन्। यस्तैमा बालबालिकलाई स्मार्टफोनबाट टाडा राख्नलाई यो कार्यक्रम सफल भएको छ । यसले छिटै सबै शहरमा समेत लागू गरिदै छ । यस कार्यक्रमलाई लिएर अभिभावकहरुले भनेका छन्, बालबालिकालाई अनुशासनमा राख्नलाई यो राम्रो माध्यम भएको छ । रुखविरुवाका साथै पशुपन्क्षीको संरक्षण गर्नु मोबाइलमा गेम खेल्नुभन्दा धेरै राम्रो भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?