सङ्ग्रहालयबाट एक अर्ब युरो बराबरको बहुमूल्य वस्तु चोरी !

काठमाडौँ । जर्मनीको एक विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य वस्तुहरु चोरी भएको छ । यस सङ्ग्रहालयबाट करिब एक अर्ब युरो बराबार बहुमूल्य गहना चोरी भएको जनाइएको छ । सङ्ग्रहालयको झाल फुटाएर अठारौँ शताब्दीका बनाइएको हिरा, नीलमणि र पत्थरजडित गहनाहरुको चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

यो दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको भएको बताइएको छ । चोरीको घटना स्थानीय समयानुसार सोमबार बिहान ५ बजेतिर भएको बिबिसीले जनाएको छ । अहिले प्रहरी अनुसन्धान गरिरहेको बताएको छ । चोरी गरिएको गहनाहरुलाई स-सानो टुक्र्याएर बनाएर बिक्री गर्न सकिने भन्दै अधिकारीहरू व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?