हङकङमा भएको निर्वाचनको अर्थ छैन : चिनियाँ विदेशमन्त्री

काठमाडौँ । चीनका विदेशमन्त्री वांग यी ले हङकङमा भएको जिल्ला परिषदको निर्वाचनको कुनै अर्थ नभएको बताएका छन् । विदेशमन्त्री वांगले भने, “हङकङ चीनको भूभाग हो । यस हप्ता भएको सामुदायिक स्तरको निर्वाचनमा ” के भइरहेको छ, यसको कुनै अर्थ रहेको छैन ।”

वांगले जापानको राजधानी टोक्यियोमा प्रधानमन्त्री शिंजो आबेसँग भएको भेटवर्ता पछि पत्रकारहरुसँग भने, ” हङकङकामा आन्दोलन गर्नेहरुले त्यहाँको विकासका साथै स्थिरतालाई नोक्सान गर्न खोजे पनि त्यो कोसिशमा सफल हुने छैन।”

निर्वाचन परिणाम लोकतन्त्र समर्थकहरुको पक्षमा

हङकङको सामुदायिक स्तरको निवार्चनका लागि सोमबार जारी मतगणनामा आंशिक परिणामका अनुसार लोकतन्त्र समर्थक पक्षमा भारी जीत नजिक पुगेका छन्। लोकतन्त्र समर्थकले यदि जित्छन् भने अहिलेको बेइजिङ समर्थक सरकारका लागि स्पष्ट संकेत हुनेछ । हङकङमा चलिरहेको प्रदर्शनका समर्थकका पक्षमा आम नागरिकले समेत सहयोग गरेको दिएका छन् ।

१८ जिल्ला परिषदको निर्वाचनका लागि आइतबार मतदान भएको थियो । अहिले मतगणना जारी रहेको छ । तर आंशिक परिमाणका अनुसार लोकतन्त्र समर्थक उम्मेदवार बहुमत हासिल गर्ने दिखिएको छ । अहिलेसम्म उनीहरुको खातामा २०१ सिटमा अगाडी रहेका छन् । राजनीतिक कार्यकर्ता जिम्मी शामका एक जिल्ला परिषद् सिट जित्नेपछि भने, ” (हङकङका नेता) मतदान गर्ने लाइन जति लामो भएपनि, मलाई विस्वास छ कि नागरिकका इच्छाको पालना गर्ने छन्। साथै युवालाई मौका दिनेछन्। ”

हङकङ इलेक्शन वाचडागका अनुसार जिल्ला परिषद् चुनावमा अभूतपूर्व ७१ प्रतिशत मतदान भएको छ । हङहङमा ४० लाख भन्दा धेरै मतदाता रहेका छन् । केही महिनादेखि चलेको विरोधकाबीच अप्रत्याशित संख्यामा मतदाताले मतदानमा भाग लिएका छन् । चार वर्ष पहिले २०१५ मा परिषदको चुनावमा ४७ प्रतिशत नागरिकले मतदान गरेका थिए । १९९९ मा सुरुमा भएको निर्वाचन भएपछि २०१५ मा सबै भन्दा धेरै मतदान भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?