काबुलमा भएको हत्याको राष्ट्रसंघद्धारा निन्दा

काठमाडौं । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।

उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती आक्रमणकारीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ ।
आइतबार साँझ एकजना व्यक्तिले राष्ट्रसंघका कर्मचारी यात्रा गरिरहेको सवारी साधनमा हमला गरेको थियो ।

सो हमलामा परी केही कर्मचारीको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । उक्त हिंसात्मक हमलाको कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन ।
अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीहरुमाथि यहाँ समय समयमा यस्तै हिंसात्मक हमला हुने गर्दछ ।
जसका कारण यहाँ कार्यरत अमेरिकी तथा नेटो सैन्य र अन्य कर्मचारीहरुको पनि ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?