शालिकरामले गरे शालिन कुराः ओलीलाई नचिढ्याउने !

काठमाडौँ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले केपी ओलीको नेतृत्व रहेको संघीय सरकारसँग ‘टसल’ गरेर जान नहुने बताउनुभएको छ ।
मन्त्री जम्कट्टेलले प्रदेश ३ को सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारका लागि आवश्यक कानुनहरुको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको तर्क दिनुभयो ।

मन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कन्जुस्याईँ नगरेको भन्दै मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढ्न पनि आह्वान गर्नुभयो। त्यसका लागि काम गर्ने पूरानै शैलीमा परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?