भारतको अर्काे भ्रम, नेपालले पठायो कूटनीतिक नोट

नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ । कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो । यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ ।

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो । लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो । सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो । भारतले नक्सालाई उलटपुलट पार्दै नेपाली भूमि अतिक्रमण गरिएको छ । सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ । अन्नपूर्णमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?