प्रधानमन्त्री हुने हतारो छैन : प्रचण्ड

नेकपाका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे ।
‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुप¥यो, स्थायित्व हुनुप¥यो । विकास निर्माणले गति लिनुप¥यो,’ उनले आफ्नो भने,‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’ अध्यक्ष प्रचण्डले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरुको अन्त्य भएको पनि उल्लेख गरे । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?