प्रधानमन्त्रीसँग समाजवादी रुष्ट, सरकार छाड्ने !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेको विषयलाई लिएर सत्ता साझेदार समाजवादी पार्टी रुष्ट बनेको छ। आफ्नो दलसँग परामर्शबिनै पार्टी अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिदिएपछि समाजवादी पार्टी सरकारबाट अलग हुने मनस्थितिमा पुगेको हो। प्रधानमन्त्री ओलीले बुधबार नौ मन्त्री परिवर्तन गर्दै यादवको विभाग हेरफेर गरिदिएका छन्। उपप्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका यादव विदेश भ्रमणमा रहेकै बेला प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयमा सरुवा गरिदिएका छन्।

यादव काठमाडौं फर्केलगत्तै समाजवादी पार्टीले मन्त्रििपरिषद् हेरफेरका विषयमा औपचारीक निर्णय लिने तयारी छ। यादव शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ। उनी अघिल्लो साता भारत गएका थिए। यादव भारत भएको बेला उनको मन्त्रालय फेरिएको छ भने समाजवादी पार्टीबाट राज्यमन्त्री भएका सुरेन्द्र यादवको मन्त्री पद खुस्किएको छ। पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नगरी प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेको समाजवादी पार्टीका नेताहरूको भनाइ छ।नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?