६ मंसिर २०७६, शुक्रबार ०७:४०

मन्त्रिपरिषद् पुनर्गठनपछि मन्त्री र सचिवलाई प्रधानमन्त्रीको यस्तो निर्देशन


प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०७:४०

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन। देशका लागि समय खर्चिनुस्।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिए। सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए। ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ। पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पछिल्लो एक महिनामा दलहनको मूल्य आकासियो

काठमाडौँ। पछिल्लो एक महिनामा दलहनको मूल्य आकासिएको छ । सो अवधिमा दालमा प्रतिकेजीमै

भ्रष्टाचारविरुद्ध बढ्दै अख्तियारको सक्रियता

काठमाडौँ। भ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको

सरकारबाटै दशकौंदेखि ट्याक्सी सिन्डिकेट

सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा दशकौंदेखिको सिन्डिकेट भने

खाद्यको लापार्बाहीले राज्यकोषमा ढेड करोड क्षति

काठमाडौं। कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवाँलगायतका खाद्य