गुन्डाहरू पछिल्लो समय पलायन हुन थाले

विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न गुन्डाहरू पछिल्लो समय पलायन हुन थालेका छन् । राजनीतिक आडमा विगतदेखिख नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछि केही कमजोर देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग नभएको राजधानी दैनिकले समाचार छापेको छ ।

केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसद्सम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीाके सदस्यता लिएका छन् । केही गुन्डा नाइके पलायन भएर विदेशसमेत हान्निएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?