काभ्रेका मालपोतका नायब सुब्बा अख्तियारको फन्दामा

मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउ २० हजार घुससहित पक्राउ परेका छन् ।
बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरेकाे उजुरीको आधारमा अख्तियार दुरुउनलाई कार्यालय परिसरबाट उक्त रकम सहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?