१०५ वर्षीय वृद्धले दिइन चार कक्षाको परीक्षा

काठमाडौं । भारतको पाराकुलम बस्ने भागीरथ अम्माले १०८ उमेरमा चार कक्षाको परीक्षा दिएकी छन। भागीरथका ६ सन्तानका साथै १५ नातिनातिना रहेका छन् । उनको ९ वर्षको उमेरमा आमाको मृत्यु भएको थियो ।

त्यसपछि भाइ-बहिनीका पालन-पोषणका लागि उनीले ३ कक्षामै आफ्नो पढाइ छोडेकी थिइन् । उनका सबै सन्तानका विवाह भएर गएपछि उन्नले केरल साक्षरता मिशनका सहयोगमा परीक्षा दिएकी छन्।

भागीरथ अम्माका चार छोरी रहेका छन् । उनका छोरीहरु मध्ये एक र १६ नातिनातिना रहेकामा तिन जनाको मृत्यु भएको छ । भागीरथीका श्रीमानको ७० वर्ष पहिलेनै मृत्यु भइसकेको छ । पहिले देखिनै उनी लेखपढमा रुचि राख्थिन् तर पारिवारिक जिम्मेवारीका कारण यस्तो हुन सकेको थियो।

भागीरथीले पाउँदिन वृद्ध एंव विधुवा भत्ता

न्युज एजेन्सीका अनुसार, भागीरथीले वृद्ध एंव विधुवा भत्ता पाएकि छैन। उनको साथमा भारतीय नागरिकता समेत रहेको छैन। सरकारबाट केहि सुविधा पाउँने उनले विश्वास गरेकि छन् । साक्षरता मिशनका बसन्त कुमारले एजेन्सीलार्इ बताए अनुसार अम्मालार्इ आखाँ देखन अलि समस्या रहेको छ । यसैले उनीलाई मलयालम, गणित एंव पार्यवरण विषयको परीक्षा तिन दिन लगाएर दिएकी छन् । कान्छी छोरीको सहयोगमा परीक्षा दिएकी थिइन् ।

१०५ को उमेरमा पनि स्मरण शक्तिको क्षमता

राज्य साक्षरता मिशनका संयोजक सीके प्रदिप कुमार भने, भागीरथीको परीक्षा आइतबारदेखि सुरु भएर मंगलबार सकिएको थियो । उनी सिन्नका लागि इच्छा राख्नेहरुको लागि वास्तवमै एक प्रेरणा रहेकी छन् । उनको स्मरण शक्ति र सुन्ने क्षमता राम्रो रहेको छ । यसले गर्दा उनलाई पढ्नलाई सजिलो भएको छ । यो मिशनको माध्यमले बिचमै पढ्न छूटेकाहरुका लागि राम्रो भएको छ। ” मिशन अशिक्षति, पढ्ने समयमा बिचमै छोडेका लागि पढ्न इच्छा गर्नेहरुको लागि राम्रो माध्यम भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?