जम्मु- कश्मीरमा अनुच्छेद ३७० हटाएको १०८ दिन : विद्यार्थीहरुलाई यस्ताे आग्रह

काठमाडौं। जम्मु- कश्मीरमा अनुच्छेद ३७० हटाएको १०८ दिन भएको छ । अहिले कश्मिर घाटीमा जनजिवन सामान्य हुदै गएको छ । सडकहरुमा सामान्य रुपमा गाडी र मानिसहरु देखिन थालेको छ । अस्पलात , अदालतमा मानिसहरु जान थालेका छन् । घाटीका अधिकांश विद्यालयहरु खुल्दै गएको छ । प्रशासनले विद्यार्थीहरुलाई विद्यालय यूनिफर्मको सट्टामा सामान्य कपडा लगाएर जानलाई आग्रह गरेको छ। प्रशासनले सुरक्षाको कारणले भन्दै यस्तो बताएको छ ।

स्कुल सन्चालक र अभिभावहरु अहिले आफ्नो काम देखिन लाथेका छन् । जम्मु- कश्मीरमा एक डेढ महिना देखि सबै बन्द हुदै आएको छ । कश्मीरका शिक्षाविद् बशीर अहमदका अनुसार यो वर्षको शिक्षा सत्रमा २५० मा १५० दिन विद्यालयहरु बन्द भएका छन् । यसमा १०० दिन भने अनुच्छेद ३७० हटाएका कारण भएको छ ।

अहिले कश्मीर घाटीका अधिकामश बजार र विद्यालयहरु नियमति जस्तो खुल्ला भएका छन् । अहिले श्रीनगरको नब्ज भनिने लाल चोकका बजार दिनभर खुल्न थालेका छन् । यहाँ अहिले फुटपाथमा केही पसल लगाउन थालिएको छ । एक स्थानिय पसलले गुलाम मोहम्मदका अनुसार तीन-चार महिना देखि घरमा बस्नु परेको थियो ।

यसैले पसल फेरी सन्चालन गर्न लागिएको छ । अहिले हामी काम गर्न लागेका छौ । सरकारले २ अगस्टमा अमरनाथ यात्रामा आतंकवादी आक्रमणको अनुमान गरे पछी एडवाइजरी लगाउनुको साथै कर्फ्यू जारी गरीएको थियो। धेरै ठाउँमा निषेधाज्ञा समेत रहेको थियो । यस्तै ५ अगस्ट देखि १ अक्टुबर सम्म ४२३१ पर्यटक कश्मीर पुगेका थिए । यसमा ९२८ बिदेशी रहेका थिए । भारतीय पर्यटन विभागले बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?