नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ

काठमाडौ । बिहिबार नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।

सरकारले बुधबार मन्त्रीमण्डल पुनर्गठन गरेको थियो सोहि क्रममा ९जना नयाँ मन्त्री नियुक्त गरेको थियो ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शितल निवासमा एक विषेश समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

पुनर्गठित मन्त्रिमण्डलमा घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, बसन्तकुमार नेम्वाङ र पार्वत गुरुङले शपथ लिनुभएको हो ।

मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको शपथ गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?