सरकारले टुटल र पठायोलाई फेरि रोक लगायो

काठमाडौँ । सरकारले टुटल र पठाओलाई मोटरसाइकलमा यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी यातायात व्यवस्था विभागले दिएको छ ।
बुधबार विभागले टुटल पठाओको नाम नलिइ सार्वजनिक गरेको सूचनामा राइड सेयरिङ सेवामाथि रोक लगाइएको उल्लेख गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?