द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव, आउला काठमाडौँमा पाइपबाट इन्धन ?

काठमाडौँ । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ ।

द्रुतमार्गमा पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययनले पाइपलाइन बिछ्याउन सम्भव देखिएको हो ।
नेपाल आयल निगमका प्रबन्धक भरत रेग्मीले पाइपलाइन बिछ्याउनका लागि गरिएको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए । उनले अध्ययनले निर्माणाधीन द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको जानकारी दिए । अमलेखगन्जसम्म आइपुगेको पाइपलाइनलाई पथलैयाबाट निजगढ नजिक रहेको दु्रतमार्ग हुँदै काठमाडौँ ल्याउने योजना छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?