प्रधानमन्त्री ओलीले बुझाए मन्त्रीहरुको सूची

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेको लोकपथलाई बताए । यद्यपि उनले को–को मन्त्री बने र कोको बाहिरिए भन्नेबारे भने केही खुलाए ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाउनु भएको छ, भोलि सपथ तय भएको छ’, को–को मन्त्री भएको भन्नेचाहिँ मलाई जानकारीमा आइसकेको छैन ।
स्रोतका अनुसार ओलीले मातृका यादव र चक्रपाणि खनाललाई मन्त्रीबाट हटाएका छन् । तर अरु को–कोसलाई हटाए र मन्त्री बने भन्नेबारे खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?