मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद हेरफेर गर्नुहुनेछ । बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गर्नुभएको थियो। त्यस्तै बुधबार बिहान अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल भएको थियो, भने शितलनिवास पुगेर अध्यक्षद्वाले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?