कांग्रेस नेता र सांसदबीच सार्वजनिक स्थलमै कुटाकुट भएपछि …

काठमाडौं । वीरगञ्जमा नेपाली कांग्रेसका दुई नेताबीच सार्वजनिक स्थलमै कुटाकुट भएको छ । प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।

दुई नेता चिया पसलमा रहेको बेलामा गालिगलौज गर्दै कुटाकुटमा उत्रिएपछि चियापसलमा रहेका सर्वसाधारणले छुट्याएका थिए । कुटपिटबाट दुवैलाई चोट लागेको छ ।

शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकार गरेका छन् । आफूलाई गाली दिएपछि सहन नसकेर कुट्नु परेको कांग्रेस नगर सभापति भोला कलवारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?