काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारी गरेका छन् । ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा औपचारिक रुपमा मन्त्री फेर्नेबारे ब्रिफिङ गरेका छन् । उनले मन्त्रीहरुलाई अहिलेसम्म सहयोग गरेकोमा धन्यवाद दिएका छन् । उनले मन्त्रीहरु फेर्न लागेको पनि बैठकमा बताउँदै सम्भवत भोलि नै निर्णय हुन सक्ने बताएका छन् ।तर को को नयाँ मन्त्री हुनेबारे भने ओलीले केही बताएनन् ।
बुधबार बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ ।
बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको बताइएको छ । केही दिनपहिले देखि नै ओली मन्त्री फर्ने गृहकार्यमा लागेको भएपनि आन्तरिक समीकरण नमिलेकाले ढिलाइ हुन पुगेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया