फेसबुकलाइ चुनौती दिँदै ‘डब्ल्यूटी:सोशल’ नामक सामाजिक सञ्जाल बजारमा

काठमाडौं । हाल विश्वमा नै चर्चित मानिएको सामाजिक सञ्जाल फेसबुकलाइ चुनौती दिनको लागी अर्को सामाजिक सञ्जाल ‘डब्ल्यूटी:सोशल’ नामक सामाजिक सञ्जाल आएको छ । विकिपीडियाका संस्थापक जिमी वेल्सले निर्माण गर्नुभएको उक्त एप्समा हालसम्म १ लाख ६० हजार भन्दा बढि सदस्यहरु रहेका छन् । प्रयोगकर्ताहरूले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्नेछन्। डब्ल्यूटीस्सोशल सधै सामाचारमा मात्र केन्द्रित हुने साथै नकारात्मक शीर्षकका समाचारहरु सच्याउने अधिकार प्रयोगकर्ताहरुलाइ नै भएको पनि बताइएको छ ।

प्रयोगकर्ताको आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेयर गरेका नयाँ समाचार सामग्री यसको टाइमलाइनमा पहिला देखिनेछ। अन्य सामाजिक सञ्जालले जसरी आफ्ना प्रयोगकर्ताहरुसँग तथ्यांक बिक्रि गर्ने तथा बिज्ञापनबाट नभइ व्यक्तिगत चन्दादाताबाट रकम संकलन गर्ने पनि कम्पनीको दावी रहेको छ ।

साथै अहिलेको लागी उक्त सञ्जालमा सहभागी हुन चाहनेहरूलाई प्रतीक्षाको सूचीमा राख्ने तथा अरुलाई निम्तो पठाउन आग्रह गरी वा चन्दा दिएर मात्र चलाउन पाउने व्यवस्था गरिएको छ।

सन् २०१७ मा वेल्सले झुठा समाचारहरुलाई चुनौती दिनका लागी भन्दै क्राउडसोर्सिङले चल्नेगरी विकिट्रिब्यून नामक समाचार साइट स्थापना गर्नुभएको थियो । तर सन् गत वर्ष अक्टोबरमा व्यावसायिक पत्रकारहरूको समूह त्यसबाट अलग्गिएका थिए ।

डब्ल्यूटी:सोशलको परिचयमा लेखिएको छ कि “हामी तपाईँहरूले कस्तो सामग्री हेर्ने भन्ने निर्णय गर्ने अधिकार तपाईँलाई नै दिनेछौँ र गलत शीर्षक सच्याउने वा खराब पोस्टबारे सचेत गराउने अधिकार दिनेछौँ”, साथै उक्त सञ्जालले गलत प्रयोगकर्ताहरुलाई कुनैपनि स्थान नदिने दावी गर्दै आएको छ ।

वेल्सले फाईन्यान्शल टाइम्सलाई दिएको एउटा अन्तर्वार्तामा भनेका छन् , “ठूला सामाजिक सञ्जालहरूले रोजेको विज्ञापनमा आधारित व्यापारिक मोडल नै समस्याग्रस्त भएको र यसले गर्दा निम्न स्तरका सामग्रीहरू विजेता बनेका छन्”, यसको कारणले गर्दापनि आफ्नो एप्सले ति सम्पुर्ण कुराहरुलाइ चिरेर अघि बढ्ने समेत वेल्सको दावी रहेको छ ।

वेल्स विकिपीडिया तथा डब्ल्यूटी:सोशल दुवैमा आवद्ध रहनुभएको छ । दुवैमा संलग्न भएतापनि यिनीहरु भिन्न संस्था रहेको सामाजिक सञ्जालको विषयका परामर्शदाता जोइ केअर्न्जको भनाइ रहेको छ । साथै उहाँका अनुसार स्थापित संस्थाहरूलाई नयाँ सामाजिक सञ्जालले चुनौनी दिन छिटो प्रयोगकर्ताको सङ्ख्या बढाउनुपर्ने पनि उहाँको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?