नेकपा सचिवालय बैठक : प्रवास समन्वय कमिटी इञ्चार्जमा पाण्डे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इञ्चार्जमा वृन्दा पाण्डेलाई चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै पाण्डेलाई इञ्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो ।

त्यस्तै कमिटीको अध्यक्षमा युवराज चौलागाईं, सचिवमा श्रीप्रसाद शाह र सदस्यमा रुकु विकलाई जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार प्रवासी नेपालीको बीचमा सम्बन्ध, सम्पर्क स्थापित गर्न, एकता र मेलमिलाको भाव प्रस्तुत गर्नुका साथै उनीहरुको हकहितको रक्षाका निम्ति कमिटीले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?