१ मंसिर २०७६, आईतवार १४:५८

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी ३ बालबालिकासहित ५ जनाको मृत्यु


प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार १४:५८

काठमाडौं । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये तीन जना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ ।

स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ । उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार विहान ६।४९ मा घटनाका बारेमा प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु भएका मध्ये एक जना तीन वर्षे बालक, एक जना २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । अर्का ५ वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गोली लागी घाइते भएका अर्का ११ वर्षीय एक बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ । घटना किन र के कारणले भयो भन्ने बारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाई छ ।

प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस
नागरिकता कानुन विरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु

एजेन्सी । भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका

फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौँ घर विद्युतविहिन

काठमाडौं । फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

काठमाडौं । चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि