कांग्रेसका उम्मेदवार भँडेललाई मातृशोक

काठमाडौं । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) का प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका कृष्णलाल भँडेललाई मातृशोक परेको छ । चाँगुनारायण नगरपालिका–४ निवासी उम्मेदवार भँडेलकी आमा सेतीमायाको आज बिहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो ।

उहाँलाई उच्च रक्तचाप भएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसले घरदैलो र चुनावीसभा तीव्र पारेको बेलामा उम्मेदवार भँडेललाई मातृशोक परेको हो । काँग्रेसको आजको बागेश्वरीका लागि तय गरिएको चुनावसभा स्थगित गरिएको छ भने अर्को सूचना जारी नभएसम्मका लागि काँग्रेसले घरदैलो र चुनावीसभालाई स्थगन गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?