प्रधानमन्त्रीले भने, ‘हाम्रो भूमि एक इन्च पनि मिच्न दिदैनौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याइने बताउनु भएको छ । नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारत आग्रह गर्नुभएको छ ।

‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं। कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ।’उहाँले भन्नुभयो; संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम छौ ।

‘छिमेकीसँग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने छैन। राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’

भारतले सार्वजनिक गरेको नयाँ नक्समा नेपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्सामा राखेपछी प्रधानमन्त्रीले पहिलोपटक यस विषयमा प्रतिक्रया दिनुभएको हो । ‘सरकारका विरुद्ध केही प्रश्न उठेका छन् । यसमा केही सकारात्मक कुरा पनि उठेका छन् ।

कालापानीमा अहिले भारतले फौज राखेको होइन, सीमा पनि अहिले मिचेको होइन । तर कतिले अहिले नै मिचेको जस्तो गरेर उचालेका छन् । तर सजगता र प्रतिवद्धता अनि राष्ट्रिय एकता देखियो खुसी र सकारात्मक कुरा हो,’ प्रधानमन्त्रीको भनाइ रहेको छ । उहाँले अहिलेको सरकार नेपाली जनताको र देशभक्त सरकार भएकाले आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?